add

झिनो अंकले घट्यो शेयर बजार, ४ अर्ब ५८ करोडको कारोबार






ActPro Nepal

|

२३ असार, २०७८

|
913

काठमाडौं । साताको चौथो कारोबार दिनपनि शेयर बजारको ओरोलो यात्रा कायम नै रह्यो ।

बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा झरेको छ । यो संख्या मंगलबारको तुलनामा ०.६० प्रतिशत कम हो ।

बुधबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स १.५० अंकले घटेर ५२५.२४ अंकमा झर्यो ।

आज लघुवित्त र विकास बैंक बाहेक अन्य सबै समुहको सूचक घट्यो । बुधबार लघुवित्तको ०.३८ प्रतिशत र विकास बैंकको ०.२६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको घट्यो । यस समुहको सूचक २.१६ प्रतिशत घट्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको २.१३ प्रतिशत घट्यो ।

कारोबार रकममा भने मंगलबारको तुलनामा बुधबार केही सुधार भएको छ । आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख रुपैयाँको कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाए । कम्पनीको शेयर मूल्य ३.१६ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा अपर तामाकोशीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ५.४५ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार छिमेक लघुवित्त विकास बैंकले गर्यो । विकास बैंकले ४३ करोड ५४ लाख रुपैयाँको कारोबार गर्यो । त्यस्तै, अपर तामाकोशीले २६ करोड १६ लाख रुपैयाँको कारोबार गर्यो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.