add

राष्ट्रिय अनुसन्धान विभागका डीआईजी र एसएसपीको सरुवा, को कहाँ पुगे ?






ActPro Nepal

|

२३ असार, २०७८

|
1095

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागमा डिआईजी र एसएसएपीहरुको सरुवा गरेको छ । 

डिआईजीहरु हुतराज थापा, प्रकाश पाण्डे, टेकेन्द्र कार्की, लक्ष्मण गुरुङ, ओम जोशी, सुमन वैद्य, हरिहर पौडेल,सुनील ढकाल र कूलदीप थापाको सरुवा भएको हो । सरकारले डिआईजी थापालाई सुदूरपश्चिम,पाण्डे एक नम्बर प्रदेश, कार्कीलाई कर्णाली प्रदेश, गुरुङ लुम्बिनी प्रदेश,वैद्य गण्डकी र पौडेललाई बागमती प्रदेश पठाएको छ ।

त्यसैगरी जोशी प्रदेश २, ढकाल र थापाको विभागमा सरुवा भएको छ। यी दुईमध्ये एक जनालाई प्रशासनमा पठाउने तयारी छ । त्यसैगरी गूप्तचरमा एसएसपीहरुको समेत सरुवा भएको छ ।

सरुवा हुनेमा एसएसपीहरु राजन उप्रेती अन्तर्राष्ट्रिय विमानस्थल, भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्, माधव तिमिल्सिनालाई नयांदिल्लीस्थित नेपाली दूतावासमा, इन्द्र लामा र किशोर श्रेष्ठको विभागमा सरुवा भएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.