add

दमकमा तास खेलिरहेका ११ जना पक्राउ,सात लाख ४५ हजार नगद बरामद






ActPro Nepal

|

२३ असार, २०७८

|
838

झापा । दमकमा तास खेरिरहेको अवस्थामा एघार जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकले दमक–८ स्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेको  भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दमकका  अनुसार २९ वर्षीय घरधनी खतिवडासहित दमक–१ का ५४ वर्षीय नरेन्द्र थापा, सोही वडाका २३ वर्षीय नरेन्द्र लिम्बू, दमक–२ का ४३ वर्षीय हर्क धिमाल, दमक–६ का ३१ वर्षीय चन्द्र लिम्बू, दमक–७ का ४० वर्षीय कृष्ण खतिवडा, दमक–९ का ३७ वर्षीय सुरेन्द्र श्रेष्ठ, दमक–८ का ४४ वर्षीय पूर्णप्रकाश रिजाल, सोही वडाका २८ वर्षीय सुशन रिजाल, दमक–७ कै ३८ वर्षीय कुलराज खड्का र इलाम चुलाचुली–६ का ३७ वर्षीय हर्क लिम्बू पक्राउ परेका हुन् ।

उनीहरुबाट ६ बुक ताससहित रु ७ लाख ४५ हजार ५०० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

लकडाउनको बेला जमघट गर्ने, तास खेल्ने, भोज लगाउने लगायत गतिविधि पाइएपछि प्रहरीले निगरानी बढाएको छ । सरकारले कोरोना भाइरस संक्रमणको न्यूनीकरणका लागि लडकडाउन जारी राखेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.