add

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने मन्त्रिपरिषद्‌को निर्णय






ActPro Nepal

|

२३ असार, २०७८

|
786

काठमाडौँ ।  सरकारले देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

सरकारको निर्णयसंगै दोस्रोपटक लगाइएको निषेधाज्ञा अघिकै अवस्थामा सबै उडान सुचारु हुनेछन् । यसबारेमा सरकारका प्रवक्ताले बुधवार थप जानकारी दिने मन्त्री श्रेष्ठले बताए ।

सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न भन्दै मन्त्रिपरिषद् बैठकले भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिदेखि बन्द गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै ‘संक्रमणको साङ्लो चुडाउन’ उडान बन्द गर्नुपर्ने निर्णय लिएको बताएका थिए । त्यसयता किस्ता किस्तामा शर्तसहित गन्तव्य तोकेर अन्तर्राष्ट्रिय उडान खुला गरिँदै ल्याइएको थियो ।

अब नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु गरिने पर्यटन मन्त्रालयका एक सहसचिवले बताए । उनका अनुसार, मन्त्रिपरिषद्‌को निर्णय प्राप्त हुनेबित्तिकै नागरिक उड्डयन प्राधिकरणलाई यसबारे जानकारी दिइने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.