add

झिनो अंकले घट्यो शेयर बजार, ४ अर्ब २२ करोडको कारोबार






ActPro Nepal

|

२२ असार, २०७८

|
684

काठमाडौँ । साताको तेस्रो दिन आज शेयर बजार झिनो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार आज शेयर बजार ५.२४ अंकले घट्दा नेप्से परिसूचक २८१८.११ अंकमा पुगेको छ ।

आज २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २२५  रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ वटामा बढेको छ भने अन्य ८ वटा राताम्मे भएका छन् ।

आज हाइड्रो इलेक्ट्रोसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र अप्पर तामाकोशीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।

रिडी हाइड्रो ४.११, नेशनल हाइड्रो ३.९३, नेपाल इन्स्योरेन्स ३.५३, राधी विद्युत्, जोशी र विशाल बजार कम्पनीको शेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.२ प्रतिशतले बढेको छ । यस्तै, उत्पादनमूलक समूह पनि १ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.७३ प्रतिशतभन्दा धेरैले घटेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.