add

बढुवा भएका २ जना सचिवको पदस्थापन पनि, ३ सचिवको सरुवा (को कहाँ)






ActPro Nepal

|

२२ असार, २०७८

|
803

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेसँगै पदस्थापन पनि गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले सोमबार नै सहसचिवबाट सचिवमा बढुवा भएका  शुशिल चन्द्र तिवारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पदस्थापन गरेको छ भने मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको हो ।

यस्तै मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको स्रोतको दावि छ। उनका अनुसार सचिव तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यको सरुवा गरेको हो ।

सुदूर पश्चिम प्रदेश प्रमुख सचिव सुवेदीलाई उपराष्ट्रपति कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालय, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान) मा आचार्यको सरुवा भएको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.