add

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो तथ्याङ्क






ActPro Nepal

|

२१ असार, २०७८

|
998

काठमाडौं। प्राथमिक साधरण शेयर (आइपीओ) खुलेको अन्तिम दिन   मनकामना स्मार्ट लघुवित्तको आइपीओमा मागभन्दा ७३ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार साँझ ५:३० बजेसम्ममा २० लाख ३६ हजार २४५ जना आवेदकबाट २ करोड ६५ लाख ७४ हजार ५० कित्ताका लागि आवेदन परेको छ ।

यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ७३.१० गुणा बढी हो । आज लघुवित्तको आइपीओमा आवेदन दिने अन्तिम दिन हो ।

यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।

लघुवित्तले विहिबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।

निष्काशन हुने कुल शेयरमध्ये ६ हजार ५८ लघुवित्तका कर्मचारी, १९ हजार ४५० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधरणको लागि खुल्ला गरेको थियो ।

लघुवित्तको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता मध्यम रहेको जनाउँदछ ।

हाल ८ करोड २२ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्नेछ । लघुवित्तले हाल देशका १२ वटा जिल्लाका ३७ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ३ करोड ३२ लाख खुद मुनाफा कमाएको छ । ८ करोड २२ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ४ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी २६.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३२.८८ रुपैयाँ रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.