काठमाडौं । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार नेप्से ११.७८ अंकले घटेर २८२२.७४ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२४ कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ वटामा बढेको छ भने अन्य ८ वटा राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.९० प्रतिशतले बढेको छ ।
यस्तै, व्यापार समूह पनि ३.६१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ ।नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र हिमालयन डिस्ट्रलरी रहेका छन् ।
त्यस्तै, आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।
हिमालयन डिस्ट्रीलरीको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी १९ र नेपाल बैंक १५ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।