काठमाडौं । शिक्षा‚ विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरिया‚ अष्ट्रेलियासहित पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य खुला गर्ने निर्णय गरेको छ ।
आइतबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबारदेखि लागू हुनेगरी अस्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र जारी गर्ने निर्णय गरेको हो ।
कोभिड-१९ महामारी फैलिएसँगै गत वैशाख ९ गतेदेखि यी पाँच देशमा अध्ययनका लागि जानका लागि अध्ययन स्वीकृति पत्र जारी गर्ने कार्य स्थगित गरिएको थियो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।