add

चिकित्सकको स्वीकृतिबिना औषधि खरिद बिक्री गर्ने पक्राउ






ActPro Nepal

|

२० असार, २०७८

|
777

काठमाडौं । धनगढीमा चिकित्सकको स्वीकृतिबिना औषधि खरिद तथा बिक्री गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का सोमराज जोशी र धनगढी–५ का करन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार जोशीलाई धनगढी–१ एलएन चोकमा जाँच गर्ने क्रममा उनको साथबाट चिकित्सकको स्वीकृति बिना खरीद गरेको स्पास्मो लेखेको २० ट्याब्लेट, पर्लिन–७५ लेखेको दुई क्याप्सुल, र प्रेग्यास्टार– १५० लेखेको १२ क्याप्सुल बरामद भएको थियो । निजले उक्त औषधि सेवन गर्नको लागि धनगढी–१ स्थित सन्तोष मेडिको प्रालिबाट खरीद गरेको खुल्न आएको हो ।

त्यस्तै चिकित्सकको स्वीकृति बिना औषधि बिक्री वितरण गर्ने सो मेडिको प्रालिमा खानतलासी गर्दा ती औषधिसहित सोही प्रालिमा काम गर्ने चौधरीलाई पक्राउ गरिएको प्रनाउ विष्टले बताए । बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.