add

नेप्से परिसुचक ८.४८ अंकले घट्यो,५ अर्ब ५ करोडको कारोबार






ActPro Nepal

|

२० असार, २०७८

|
1006

काठमाडौँ ।  साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ ।

आइतबार नेप्से ८.४८ अंकले घटेर २८३४.५२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२४ कम्पनीको ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ३ वटामा बढेको छ भने अन्य १३ वटा राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ भने फाइनान्स र विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल १९ करोड र माथिल्लो तामाकोशी १६ करोड बढीको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

आज गुडविल फाइनान्सको डिबेन्चरको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

यस्तै, ओरेन्टल होटल ८.४७ प्रतिशत, सीईडीबी हाइड्रो ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६, नेपाल फाइनान्स ४.०३, लिबर्टी इनर्जी, नेपाल टेलिकम, अपर तामाकोशी, हिमालयन डिस्ट्रीलरी र चन्द्रागिरी हिल्सको शेयर मूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.