add

टोखामा टिपरले मोटरसाइकललाई ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते






ActPro Nepal

|

२० असार, २०७८

|
597

काठमाडौं ।  काठमाडौं उपत्यकाको टोखा नगरपालिकामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

शनिबार राति बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ३-०२-०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका-६ का सन्तोष अधिकारी र मोटरसाइकलमा सवार दीपेश थापाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

मोटरसाइकलमै सवार एक अर्का सागर खतिवडा घाइते भएका छन्। उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.