काठमाडौं ।नागरिक लगानी कोषका सेयरधनीले ९ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।
शुक्रबार राजधानीमा आयोजित २६ औं वार्षिक साधारणभा सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सार्वजनिक गर्दै उक्त बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सो सभा भर्चुअलरुपमा सम्पन्न भएको थियो ।
कोषको आर्थिक वर्ष २०७६/७७ मा करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ छ । खुद मुनाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको कोषले जानकारी दिएको छ ।
उक्त रकमबाट १२ करोड ३९ लाख ३४ हजार रुपैयाँ साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आर्थिक वर्ष २०७६/७७ मा ९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १ खर्ब ७२ अर्ब रुपैयाँ रकम संकलन र १ खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको कोषले जनाएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।