add

खाद्यान्नमा आत्मनिर्भरता र समृद्धि नारामै,११ महिनामै भित्रियो ४८ अर्बको चामल






ActPro Nepal

|

१८ असार, २०७८

|
1365

काठमाडौं । कृषिप्रधान देश भनेर चिनिएको नेपालमा देशको मुख्य खाधान्नका रुपमा रहेको चामल आयतको उदेकलाग्दो अवस्था देखिएको छ । 

कृषिप्रधान देश नेपालले पछिल्लो ११  महिनामा (साउन जेठसम्म_ कुल ४८ अर्ब १२ करोड रुपैयाँ बढीको धान चामल आयात गरेको छ ।

सो मूल्यमा १ अर्ब २६ करोड ६४ लाख केजी धान चामल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको हो। 

चालू आवको जेठसम्म २८ अर्ब ६० करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । जबकी गत वर्षको सोही अवधिमा २१ अर्ब २० करोडको चामला आयत भएको थियो ।

चालू आ व मा गत वर्षकोभन्दा १८ अर्ब बढीको धान चाम आयात भएको हो । गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा ३० अर्बको धान चामल आयात भएको थियो । 

गत वर्षको ११ महिनामा ३ लाख ९७ हजार मेट्रिक टन चामल आयात भएकोमा यो वर्ष सोही अवधिमा ६ लाख टन नाघेको भन्सार विभागको तथ्यांकले देखाउँछ । यस्तै, चालू आवमा १९ अर्ब ५२ करोड रुपैयाँ बराबरको धान आयात भएको छ ।

धानचामल आयातमा उच्च वृद्धि भएसँगै धरै आयात हुने वस्तुको शीर्ष १० वस्तु भित्र परेको छ । चालू आर्थिक वर्षको ११ महिनामा चामल, मकै, दाल, गेडागुडी, तरकारी, फलफूल, लगायत खाद्यवस्तु आयातमा सवा २ खर्ब बढी बाहिरसकेको विभागको तथ्यांक छ ।

नेपाललाई वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले १५ जिल्लामा धान उत्पादन बृृहत् कार्यक्रम सञ्चालन गर्दै आएको छ भने झापा जिल्लालाई धानको ‘सुपर जोन’ घोषणा गरेको छ ।

नेपालमा खेती गरिने जमिनको करिब ४७ प्रतिशत क्षेत्रफलमा धानखेती हुने गरेको छ । यो वर्ष नेपालको इतिहासमै सबैभन्दा बढी धान फलेको छ ।

गत वर्ष वर्ष झन्डै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको थियो । गत वर्ष ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

आधाभन्दा धेरै जनसंख्या कृषि पेशमा संलग्न रहेको कृषिप्रदान देश नेपालमा स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको चामल आयात हुने गरेको छ ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ । तर स्थानीय मागले धान्न नसक्दा बर्सेनि अर्बौं रुपैयाँको चामल आयात हुने गरेको छ ।

सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ । नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.