add

आजबाट आन्तरिक हवाइ उडान सञ्चालन,यी गन्तव्यमा हुँदैछ उडान






ActPro Nepal

|

१७ असार, २०७८

|
820

काठमाडौ । कोरोना भाइरस संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि सुरु हुने भएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमितरुपमा शुरु गर्ने निर्णय गरेको हो।

नागरिक उड्डयन प्राधिरकणले आज बिहानबाट आन्तरिक उडान शुरू भएको जनाएको छ। उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन, प्राधिकरणका अनुसार आजबाट देशका बिभिन्न शहरमा दैनिक ६४ उडान हुनेछ।

प्राधिरकणले बिहान ६ देखि बेलुकी ६ बजेसम्म उडान तालिका सार्वजनिक गरेको छ। तत्कालका लागि दैनिक ६४ उडान तय भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

अहिले बुद्ध एयरले ३१, यती एयरले १५, श्री एयअरले सात, सौर्य एयअरले तीन, नेपाल एयरले दुई, तारा एयअरले दुई, समिट एयअरले दुई र सीता एयरले दुई उडान गर्नेछन्।

अहिले सबै एयरलाइन्सले ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न लागेको प्रवक्ता क्षेत्रीले जानकारी दिए। आन्तरिक उडानमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि नौ वटा कम्पनीलाई अनुमति दिएको छ। जसमा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, कतार एयरवेज, टर्किस एयरलाइन्स, जजिरा एयअरलाइन्स, फ्लाइ दुवई एयरलाइन्स, सलाम एयरलाइन्स, एयअरअरविया र एयअर इण्डिया रहेका छन्।

यसअघि पाँच वटा कम्पनीले उडान गर्दै आएका थिए। आजबाट थप चार एयरलाइन्सलाई उडान अनुमति दिइएको हो।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.