काठमाडौं। शेयर बजारको ओरालो यात्रा बुधबार पनि कायमै रह्यो । आज नेप्से परिसूचक ४.१३ अंकले घटेर २८२३.८८ अंकमा झर्यो ।
बुधबार कारोबार रकममा पनि कमी आएको छ । आज २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँको कारोबार भयो ।
आज ५ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्नेमा सबै फाइनान्स कम्पनी छन् । सपोजेटिभ सर्किट लाग्नेमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, बहुउदेश्य फाइनान्स कम्पनी र पोग्रेसिभ फाइनान्स छन् ।
बुधबार पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै,सेन्ट्रल फाइनान्सको ९.९७, नेपाल फाइनान्सको ९.८६ प्रतिशत, बहुउदेश्य फाइनान्स कम्पनीको ९.७५ प्रतिशत र पोग्रेसिभ फाइनान्सको ९.६८ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा हाइड्रोइलेक्ट्रिसिटी कम्पनीका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ४.२८ प्रतिशत घट्यो ।
बुधबार सबैभन्दा धेरै कारोबार नेपाल इन्स्योरेन्स कम्पनीले गर्यो । नेपाल इन्स्योरेन्सले ३० करोड ४२ लाख ५८ हजारको कारोबार गर्यो ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।