काठमाडौ । मुलुकभर २७ प्रतिशत धान रोपाई भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार सोमबार साँझसम्म मुलुकभर २७.१२ प्रतिशत भू-भागमा धान रोपाई भएको छ ।
देशभर १३ लाख ७१ हजार ७ हेक्टर क्षेत्रफल धान रोप्ने लक्ष्य राखिएकोमा हालसम्म ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।
कृषि विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०७७/७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ भएको थियो भने २०७६/७७ मा १४ लाख ५८ हजार ९ सय १५ हेक्टरमा रोपाइँ भएको थियो ।
देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा आएको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको भनाइ छ ।
कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा भर्खर रोपाइँ सुरु भएको विभागले जनाएको छ । कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने प्रदेश दुईमा सबैभन्दा कम १० प्रतिशत क्षेत्रधफलमा मात्रै रोपाइँ सकिएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।