add

प्रिसेसन र सेयर काराेबारकाे न्यूनतम मूल्यमा परिमार्जन






ActPro Nepal

|

१० असार, २०७८

|
693

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हाल दोस्रो बजारमा प्रारम्भिक कारोबार सत्र(प्रि - ओपन सेसन) मा कायम रहेको मूल्य घटबढको सिमालाई परिमार्जन गरेको छ ।

बोर्डले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रि - ओपन सेसनमा कायम रहेको मूल्य घटबढको सिमालाई घटाएर २ प्रतिशतमा  झारेको हो । यसभन्दा अगाडि प्रि -ओपन सेसनमा कम्पनीको शेयरमूल्य ५ प्रतिशतसम्म घटबढ हुन पाउने व्यवस्था थियो ।

प्रि - ओपन सेसनमा मूल्य घटबढको सिमा ५ प्रतिशत हुँदा चलखेल भएको गुनासो आएकोमा त्यसलाई २ प्रतिशतमा घटाएर बोर्ड लगानीकर्ताको गुनासो सम्बोधन गरेको हो । 

प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतार चढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा गरेको धितोपत्रको कारोबार मूल्य परिवर्तन सिमालाई घटाएको बोर्डले बताएको छ ।

साथै छिमेकी देश लगायत अन्तरराष्ट्रिय असल अभ्यास अनुरुप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरेको हो  । जसबाट खरीदकर्ता र विक्रेताले प्रतिस्पर्धि मूल्यमा धितोपत्र खरीदविक्री गर्न सक्नुका साथै करोबारमा समेत वृद्धि हुने बोर्डले बताएको छ ।  

साथै दोस्रो बजारमा धितोपत्रको कारोबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा रू. १ रहेकोमा सोलाई घटाई १० पैसा कायम गर्ने गरी धितोपत्र कारोबार सञ्चालन विनिमावली २०७५ को दोस्रो संशोधन स्वीकृत गरेको छ ।

उपरोक्त व्यवस्थामा कार्यन्वयनमा आएपछि प्रारम्भिक कारोबार थप व्यवस्थित हुने र न्यूनतम मूल्य परिवर्तन सीमा १० पैसा हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्छन् जसबाट दोस्रो बजार कारोबार थप लगानीमैत्री हुने पनि बोर्डले बताएको छ ।

साथै बोर्डले परिवर्तित नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई समेत निर्देशन दिएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.