add

सन्तोषी हत्या प्रकरण : एक जना असनबाट पक्राउ






ActPro Nepal

|

१० असार, २०७८

|
743

काठमाडौ । काठमाडौं कालोपुल नजिक बस्ने सन्तोषी सुब्बाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सुब्बाको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा घर भएका सुरेश तिमिल्सिना पक्राउ परेका हुन् । 

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई असन कमलाछीबाट गरेको हो ।

 

प्रहरीका अनुसार सुरेशले सन्तोषीलाई गत आइतबार मात्रै भेटेको पाइएको छ । सुरेश दक्षिणकालीको वर्कशपमा काम गर्ने गरेको र सन्तोषी दक्षिणकालीतर्फ गएको अवस्थामा सुरेशले सन्तोषीलाई भेटेको पाइएको छ । 

सन्तोषीलाई भेटेपछि सुरेश र सन्तोषी दक्षिणकाली मन्दिरतर्फ गएको र दिनभरी उनीहरु सँगै बसेको पाइएको छ । त्यसपछि सुरेशले सन्तोषीको हत्या गरी त्यहाँबाट ट्याक्सी चढेर बल्खुतर्फ आएका थिए । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.