add

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ पुग्यो






ActPro Nepal

|

१० असार, २०७८

|
1002

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै मूल्य बढाएको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको निगमले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । यसैगरि आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ ।

निगमका अनुसार गएराती १२ बजे पछिबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ हुने भएको छ । मट्टितेल र डिजेलको  १ सय १० पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८२  रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ । यसअघि उपत्यकामा निषेधाज्ञा शुरु भएपछि जेठ २२ गते मूल्य बढेको थियो । 

१५ दिनमै ७७ करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई १५ दिनमा करिब ६४.९७ करोड घाटा छ जसमध्ये ग्यासमा मात्रै निगमलाई १५ दिनमा ३८ करोड रूपैयाँ घाटा हुने देखिन्छ ।

अझै पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.