add

श्रम गन्तव्य मुलुकमा भोलीबाटै अन्तर्राष्ट्रिय उडान हुने (तालिकासहित)






ActPro Nepal

|

९ असार, २०७८

|
626

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रियको उडान तालिका सार्वजनिक गरेको छ । धवार मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको हो ।

जस अनुसार दोहाका लागि ७ उडान संख्या तोकिएको छ । त्यसमा ३ वटा नेपाल वायुसेवा निगम र ४ वटा कतार एयरवेजका लागि तोकिएको छ । यस्तै दुबईका लागि तीन वटा उडान तोकिएको छ । नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र फ्लाइ दुबईका लागि एक–एक उडान तोकिएको छ ।

टर्कीको इस्तानबुलका लागि ३ वटा उडान दिइएको छ भने दमाम २, कुवेत २, मलेसियाको क्वालालम्पुर एक र आवुधाबी एक उडान तोकिएको छ ।

यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।

२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।

फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषदले काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने गरी अनुमति दिएको थियो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.