काठमाडौं । दक्षिणकाली मन्दिर नजिकै शौचालयमा मृत अवस्थामा फेला परेको शव कालोपुलनजिक बस्ने सन्तोषी सुब्बाको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अपराध महाशाखा अनुसन्धानका प्रमुख एसएसपी चन्द्रकुबेर खापुङका अनुसार सुब्बाको हत्या भएको हो । ‘घटनाको प्रकृति हेर्दा हत्या नै हो,’ खापुङले भने— ‘थप अनुसन्धान हुँदैछ ।’
सुब्बाको शव बुधबार (आज) दक्षिणकालीको एक शौचालयबाट बरामद गरिएको हो । शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको खापुङको बताए । ‘टाउकोमा गरुङ्गो वस्तुले हिर्काएको जस्तो देखिन्छ । अनुहार क्षतविक्षत भएको छ,’ खापुङले भनेका छन् ।
घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो । प्रहरीले तालिम प्राप्त विशेषज्ञ कुकुर पनि घटनास्थलमा लगेको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।