add

तातोपानीमै रोकिए टिचिङ र वीर अस्पतालका अक्सिजन प्लान्ट






ActPro Nepal

|

५ असार, २०७८

|
702

काठमाडौं । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको लिपिङ पुलसँगैको सडक भासिँदा त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्ट तातोपानीमै रोकिएका छन्। 

मितेरी पुलभन्दा करीब २०० मिटर तल रहेको लिपिङ पुलसँगैको सडक भासिएकाले अक्सिजन प्लान्ट बोकेको कन्टेनर काठमाडौं ल्याउन नसकिएको आयातकर्ता विध म्यानेजमेन्टले जनाएको छ। कोभिड–१९ को दोस्रो लहर बढेसँगै राजधानीका ठूला अस्पतालमा समेत अक्सिजनको अभाव भएपछि चीनबाट अक्सिजन प्लान्ट खरीद गरिएको थियो। 

चीनबाट आयात गरिएको अक्सिजन प्लान्ट सडक अवरुद्ध हुँदा तातोपानी क्षेत्रमै रोकिएको हो। आयातकर्ता विध म्यानेजमेन्टले ‘एयर लिफ्टिङ’ मार्फत ल्याउन सहजीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ।

विधले स्वास्थ्य मन्त्रालयललाई पत्र लेख्दै एयर लिफ्टिङका लागि सेनाको एमआई–१७ हेलिकोप्टरको व्यवस्था गरिदिन आग्रह गरेको छ। “लिपिङ भन्सार यार्डबाट एयर लिफ्टिङ गर्न सकिने सम्भावना छ,” विध म्यानेजमेन्टका निर्देशक विके भण्डारीले भने, “त्यहाँबाट करीब ५०० मिटर दूरीसम्म एयर लिफ्टिङका लागि सहजीकरण गरिदिन अनुरोध गरेका हौं।”

सानो क्षमताको हेलिकोप्टरले बोक्न नसक्ने भएकाले सेनाकै हेलिकोप्टरका लागि सहजीकरण गरिदिन मन्त्रालय समक्ष आग्रह गरिएको निर्देशक भण्डारीले बताए। 

कोभिड–१९ युनिफाइड अस्पतालका प्रमुख प्राडा जागेश्वर गौतमले सडक अवरुद्ध भएर रोकिएका अक्सिजन प्लान्ट ल्याउन सम्बन्धित निकायसँग छलफल भइरहेको बताए। 

ढुवानीकर्ता सिल्क ट्रान्सपोर्टले लिपिङ पुल बिग्रिएकाले तत्कालै सडकमार्गबाट अक्सिजन प्लान्ट काठमाडौं लैजान नसकिने भएकाले एयर लिफ्टिङका लागि विध म्यानेजमेन्टलाई अनुरोध गरिएको जनाएको छ। “हामीले एयर लिफ्टिङको सुझाव दिएका छौं,” सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले भने।

पचास क्युबिक लिटर प्रतिघण्टा क्षमताको आठ, १५ क्युविक मिटर प्रतिघण्टाका तीन र ३० क्युविक मिटर प्रतिघण्टाको दुई अक्सिजन प्लान्ट तातोपानी क्षेत्रमा रोकिएका हुन्। त्रिवि शिक्षण, वीर र नर्भिक अस्पतालका लागि ल्याइएका अक्सिजन प्लान्टको क्षमता ५० क्युविक लिटर प्रतिघण्टा रहेको छ।

केन्द्रीय कोभिड युनिफाइड अस्पातल (वीर)मा नबिल बैंक लिमिटेड र टिचिङ अस्पतालमा नेपाल उद्योग परिसंघले अक्सिजन प्लान्ट सहयोग गर्न लागेका हुन्। चौधरी फाउन्डेसनको सहयोगमा सुर्खेत र धनगढी तथा अन्य स्थानका अस्पतालका लागि प्लान्ट ल्याइएको आयातकर्ताले जनाएको छ। ठूला अस्पतालका लागि ल्याइएका ती प्लान्ट सडक अवरुद्ध हुँदा बाटामै रोकिएका हुन्। (रासस)



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.