add

मेगा बैंकका ग्राहकहरूले दराजबाट सामान किन्दा विशेष छुट पाउने






ActPro Nepal

|

४ असार, २०७८

|
750

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले दराज डटकमबाट सामान खरिद गर्दा हरेक बिहीबार १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । 

कोभिड १९ बाट उत्पन्न विशेष परिस्थितिलाई ध्यानमा राख्दै मेगा बैंक र दराज डटकमबीच मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटमा सहज र सुरक्षित रुपमा घरमै सामान पुर्याउने सम्झौता भएको हो । 

सम्झौताअनुसार, मेगा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले दराजबाट सामान खरिदमा १५ प्रतिशतसम्म अथवा बढीमा ५ सयसम्म छुट पाउने छन् । डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राखी मेगा बैंकले दराजसँग सम्झौता गरेको हो । 

दराज डटकमको बेभसाइट तथा मोबाइल एप्समार्फत सामान अर्डर गरी घरमै सामान प्राप्त गर्न सकिनेछ । दराजसँगको सम्झौताको लाभ लिँदै सहज र सुरक्षित रूपमा बिना झन्झट घरमै बसी सामान खरिद गर्न मेगा बैंकले ग्राहकहरूलाई अनुरोध पनि गरेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.