add

काठमाडौँ महानगरपालिकामा ‘एक वडा : एक नमूना विद्यालय’






ActPro Nepal

|

४ असार, २०७८

|
839

काठमाडौँ । महानगरपालिकाले सामुदायिक विद्यालयलाई नमूना सिकाइ केन्द्र र तालिम हवका रूपमा विकास गर्न ‘एक वडा, एक नमूना विद्यालय’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कामपाले बिहिवार आगामी आर्थिक वर्ष २०७८÷२०७९ को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको छ ।

कामपाले ३२ वडाभित्रका सबै विद्यालयको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद् तथा संस्कृतिविद् सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गर्ने नीति पनि लिएको छ । 

‘सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार एवं थप उत्प्रेरित गराउन  नेपाल सरकारले प्रदान गर्दै आएको मासिक सुविधाका अतिरिक्त प्रोत्साहनस्वरुप मासिक रु।हजार उपलब्ध गर्ने भएको छ ।   

कामपा  क्षेत्रभित्र प्रत्येक वडामा कम्तिमा एउटा सुविधा म्पन्न एवं उच्च प्रविधियुक्त पुस्तकालयको स्थापना गरी पुस्तकालयको प्रयोगमा सबैको पहुंच सुनिश्चित गरिनेछ,’ नीतिमा भनिएको छ, ‘महानगरभित्रका प्रत्येक विद्यालयमा कक्षा ४ देखि नैतिक शिक्षालाई समावेश गरी पठनपाठन प्रारम्भ गरिनेछ ।’ 

सबै विद्यालयमा पूर्वप्राथमिक तहदेखि कक्षा ८ सम्म स्थानीय विषयका रूपमा नेपाल भाषाको पाठ्यक्रमअनुरूप पठनपाठन कार्यलाई निरन्तरता दिइने तथा  नेपाल भाषाको विकास र प्रवद्र्धनका लागि नेपाल भाषा प्रवद्र्धन समितिमार्फत् कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.