add

सामान्य अंकले घट्यो नेप्से, १६ अर्ब ५२ करोड बराबरको कारोबार






ActPro Nepal

|

१ असार, २०७८

|
1324

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । मंगलबार शेयर बजार मापक सूचक नेप्से ३.७२ अंकले घटेर ३०२२.११ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २२६ कम्पनीको १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३८ रुपैयाँ बराबरको ३ करोड ९ लाख ४८ हजार ७३८ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । लगानी समूह सबैभन्दा धेरै २.०७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह सबैभन्दा धेरै ४.४२ प्रतिशतले घटेको छ ।

आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज छ्याङदी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ७.६६ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ७.०२ प्रतिशतले घटेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको ७६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एचआइडीसीएल ५२ करोड र हिमालयन डिस्ट्रीलरी ४२ करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.