add

विदेशी विनिमय सञ्चिति घट्यो,नेपालसँग अब १३ खर्ब ९० अर्ब विदेशी विनिमय मौज्दात






ActPro Nepal

|

१ असार, २०७८

|
887

काठमाडौं । विदेशी विनिमय सञ्चिति घटेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको १० महिनाको तथ्यांक यस्तो देखिएको हो ।

तथ्यांक अनुसार २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई २०७८ बैशाख मसान्तमा रु.१३९० अर्ब ८४ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा रु.१२२६ अर्ब १२ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१२१९ अर्ब ८१ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा रु.१७५ अर्ब ७१ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई रु.१७१ अर्ब ३ करोड कायम भएको छ । २०७८ बैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.