add

कपिलवस्तु घटना प्रकरण : माओवादी नेताको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीको दाबी






ActPro Nepal

|

१ असार, २०७८

|
886

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेको हत्यामा उनकै श्रीमतीको योजना रहेको खुलेको छ ।

प्रहरीको २५ दिन लामो अनुसन्धानबाट नेता पाण्डेको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको हो । कपिलवस्तु प्रहरीले हत्याका अभियुक्तहरूलाई सोमबार सार्वजनिक गरेको छ ।

कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले अनुसन्धानमा दीपकलाई गोली हान्ने ओमप्रकाश यादव र मृतक पाण्डेयकी श्रीमती महिमाबीचको अनैतिक सम्बन्धका कारण हत्यासम्मको योजना बनेको खुल्न आएको बताए । अधिकारीले भने, ‘हत्या योजना दुई–तीन वर्षअघि नै बनेको देखिन्छ । उनीहरूले हतियार खरिद गरेर पेसेवर अपराधीलाई हत्याका लागि बैना रकम दिएको पनि खुलेको छ । लामो समयपछि उनीहरूले आफ्नो योजना सफल बनाएको देखियो ।’ 

अनुसन्धानबाट ओमप्रकाश यादवले दीपकको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम गरेको पाइएको प्रहरीले बताएको छ । दीपकमाथि गोली प्रहार भएको दिन उनी पनि सोही समूहसँगै रहेको खुलेको प्रहरीले बताएको छ ।

गत ५ जेठमा अज्ञात समूहले हानेको गोली लागी घाइते पाण्डेयको १० जेठमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रहरीले प्रकाशको साथबाट एक थान पेस्तोल र ६८ राउन्ड गोलीसमेत बरामद गरेको छ । प्रहरीले हत्यामा संग्लन चार र हतियार व्यवस्थापनमा संलग्न सातजनालाई पक्राउ गरेको छ । अधिकारीका अनुसार हत्यामा ओमप्रकाश यादव, महिमा पाण्डेय, रमजान साह मुसलान, सकिर अली पखियाको मुख्य भूमिका देखिएको छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.