add

सांसद वैद्य विरुद्ध जिप्रका मकवानपुरमा मुद्दा दर्ता






ActPro Nepal

|

१ असार, २०७८

|
766

काठमाडौ । वागमती प्रदेशका सांसद नरोत्तम वैद्य विरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। 

नेकपा एमाले सम्बध युवासंघका मकवानपुर जिल्ला सदस्य अनिल काफ्लेले प्रहरीमा उजुरी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसका सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए। गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए।

वैद्यले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ ९१० तथा सोही संहिताको दफा ३५ ९१ र २० को कसुर गरेको जाहेरीमा उल्लेख छ। वैद्यलाई ज्यान मुद्दाको आधा सजाय गर्न माग गरिएको छ।

त्यसैगरी प्रधानमन्त्रीको हत्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ ९ख० बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा ७७ ९२० जन्मकैद सजायको आधा सजाय हुने काफ्लेले दिएको जाहेरीमा उल्लेख छ।

वैद्यको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो। विरोधपछि सांसद वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.