add

काठमाडौंको तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ






ActPro Nepal

|

३१ जेठ, २०७८

|
2967

काठमाडौं । महानगरीय अपराध महाशाखाले नक्कली प्रहरी नायब उपरीक्षक (डिएसपी) भनी चिनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका वडा नम्बर ६ जरङ्गूस्थित भिक्टोरिया फार्मेसी सञ्चालन गर्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना रहेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुबेर खापुङले जानकारी दिए।

खापुङका अनुसार उनले नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी भनेर चिनाउँदै आएका थिए।

प्रहरीले उनको साथबाट नेपाल प्रहरीका विभिन्न पदका पोशाक लगाएका तस्वीर तीन वटा, डिएसपीको पोशाक एउटा, एक जोर नेपाल प्रहरीको जर्सी र मोबाइल बरामद गरेको महाशाखाले जनाएको छ ।

उनीबाट कोही ठगीएको भएमा प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ। 

उनको सन्दर्भमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.