add

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ






ActPro Nepal

|

३१ जेठ, २०७८

|
684

काठमाडौं । मकवानपुर,बाँके,कञ्चनपुर,झापा र इलामका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्राप्त विवरण अनुसार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राममन्दिर मोड नजिकबाट अवैध लागूऔषध र नगद सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजंग बानियाँ र सोही उपमहानगरपालिका–१ बस्ने ३४ वर्षीय सुरेश परियार रहेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले हेमजंगको साथबाट १४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ३ लाख ६६ हजार २ सय ५० रुपैयाँ तथा सुरेशको साथबाट नगद २ हजार रुपैयाँ फेला पारी पक्राउ गरेको हो ।

यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजासहित सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्तबहादुर बिक समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । भे. १ ह २७१५ नम्बरको अटोलाई लागूऔषध नियन्त्रण व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी चालक बिक समेत अटो सवार उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यसैगरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाउँ बस्ने ३० वर्षीय हरिकृष्ण रानालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो ।

त्यस्तै झापाको कमल गाउँपालिका–३ बस्ने २२ वर्षीय बले भन्ने प्रज्वल बानियाँलाई करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

र, इलामको माई नगरपालिका–४ शंकर गाउँबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित सोही नगरपालिका–८ बस्ने २८ वर्षीय महेश थापा लगायत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प ६९१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.