add

कांग्रेसले सार्वजनिक गर्‍यो थप ३३ जिल्लाका क्रियाशील सदस्यको नामावली






ActPro Nepal

|

३१ जेठ, २०७८

|
1562

काठमाडौं । नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।

शनिबारको बैठकको निर्णय अनुसार पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्र अनुसारको प्रक्रिया पुर्याई विवादरहित तरिकाले क्रियाशील सदस्यता सम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप ३३ जिल्लाका ६५ स्थानको नामावली सम्बन्धित सरोकारवालाको जानकारीका लागि नेपाली कांग्रेसको आधिकारिक वेवसाइटमा सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । 

यसअघि थप १०९ स्थानको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा शनिवार बसेको कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठकले विवादरहित क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको हो ।

त्यसैगरि सार्वजनिक गरिएका प्रस्ताववित नामावलीमा कुनै त्रुटी भएमा वा छुट भएमा नयाँ सदस्यता तर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नयाँ सदस्यतातर्फ स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याउन समेत सकिने बताइएको छ ।

थप सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीहरु हेर्नका लागि  www.nepalicongress.org मा क्लिक गरि हेर्न सकिने कांग्रेसले जनाएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.