add

उपत्यकाका तीन जिल्लामा खानेपानीको तालिका हेरफेर(तालिकासहित)






ActPro Nepal

|

३१ जेठ, २०७८

|
414

काठमाडौं । काठमाडौं । काठमाडौं उपत्यकामा भोलि असार १ गतेदेखि धारामा पानी आउने समय तालिका परिवर्तन भएको छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)ले खानेपानी वितरणको तालिका सार्वजनिक गरेको हो ।

मेलम्चीको सुरुङमार्ग निरीक्षणका लागि ६० दिन पानी वितरण बन्द गर्न लागिएको हो। यस अवधिभर पुरानै स्रोतबाट मात्र काठमाडौंबासीले पानी पाउनेछन्, ।

सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले आज एक सूचना प्रकाशित गरी जानकारी गराएको छ।

उक्त अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागू हुने गरी केयूकेएलले खानेपानी वितरणको तालिका परिवर्तन गरेको जनाएको छ ।

नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्रले अब २ दिनदेखि १२ दिनसम्म बिराएर खानेपानी वितरण गर्नेछ। ललितपुरको सानेपा, कुपन्डोल, मंगलबजार क्षेत्रमा अब १२ दिनमा एकपटक मात्रै खानेपानी वितरण हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

अबको २ महिनाका लागि सार्वजनिक भएको तालिका अनुसार कीर्तिपुरमा सबैभन्दा धेरै २ दिन बिराएर खानेपानी वितरण हुने उल्लेख छ । यस्तै विभिन्न स्थानमा ४ दिन, ५ दिन, ७ दिन र ९ दिनको अन्तरमा खानेपानी वितरण हुने सूचनामा उल्लेख छ ।

चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो ।

सुरुङ खाली गर्ने क्रममा मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै वागमती नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले असारबाट नदी किनारमा नजान र काम विशेषले जानुपर्ने भएमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

निरीक्षणका क्रममा कुनै समस्या देखिए मर्मतसम्भार गरिने छ। नदेखिए पुन: पानी हालिनेछ। फागुन १० बाट सुरुङमार्गमा पानी हाल्न सुरु गरिएको थियो। त्यसको १२ दिनपछि फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो। पानी चैत १५ गतेबाट वितरण सुरु गरिएको थियो।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.