add

क्रोएसियामाथि इंग्ल्याण्डकाे जित






ActPro Nepal

|

३१ जेठ, २०७८

|
332

एजेन्सी । युरोपेली च्याम्पियनसिपमा इंग्ल्यण्डले क्रोएसियामाथि कठिन जित निकालेको छ । गएराति भएको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १(० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुवातदेखि नै क्रोएसियालाई दवावमा राखेको थियो । तर गोल गर्न भने दोस्रो हाफ नै कुर्न पर्यो । घरेलु टोलीले ५७औं मिनेटमा अग्रता लिन सफल भयो ।

रहिम स्टर्लिङले गोल गर्दै इंग्ल्यण्डलाई अग्रता दिलाएका थिए । उनले काल्भिन फिलिप्सको पासमा गोल गरेका थिए । स्टर्लिङको पछिल्लो १७ खेलमा यो १३औं गोल हो । उनले ६१ खेलमा १५ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

यो जितसँगै समूह ‘डी’ मा रहेको इंग्ल्याण्डले ३ अंक जोडेको छ । पराजित क्रोएसिया पुछारमा रहेको छ । युरोको इतिहासमा यसअघिका सबै संस्करणमा पहिलो खेलमा जित हात पार्न नसकेको इंग्ल्याण्ड उक्त खराब रेकर्डमा पूर्णविराम पनि लगाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.