add

अब सहकारी र रेमिट हप्तामा दुई दिन मात्रै खुल्‍ने, अन्य वित्तीय संस्थाका लागि यस्तो छ व्यवस्था (विस्तृतमा)






ActPro Nepal

|

३१ जेठ, २०७८

|
869

काठमाडौँ । कोभिड-१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा ७ असारसम्म थपिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेकाले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। 

यस पटक थपिएको निषेधाज्ञामा केही कामकाज गर्न सहज हुने भएको छ। थपिएको निषेधाज्ञामा बीमा कम्पनीहरुले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाउने भएका छन् भने सहकारी तथा रेमिट कम्पनीहरूले साताको दुई दिन खोल्न पाइने भएको छ । अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्‍ने भएको छ ।

यस्तै बैंक तथा बीमा कम्पनीहरु भने साविकै व्यवस्था अनुसार सञ्चालन गर्नु पर्नेछ ।

हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति ९२० प्रतिशत मात्र० प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।

त्‍यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्‍म सहभागी हुन पाइनेछ । विवाह आफ्‍नो घर वा बसेको स्थानमा गर्न पाइनेछ ।

विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुलारबेहुलीसहित) प्रयवष गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ । काठमाडौँ उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

यस्तै, होटेल रेष्टुरेष्टहरुले टेकअवे सेवा गर्न पाउने भएक छन् भने हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न दिइने निर्णय भएको छ । कृषिको समय भएकाले त्यससम्बन्धी कार्यलाई पनि सहजीकरण गरिएको छ । बिउ, मल लगायत कृषि सामग्री ढुवानी गर्न दिइने भएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.