add

एसईईको नतिजा साउन १५ भित्र, अधिक मूल्याङ्कन गरिए फिर्ता






ActPro Nepal

|

३१ जेठ, २०७८

|
1406

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ९एसईई०का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गर्ने जानकारी दिएको हो। गत वर्ष जस्तै यस वर्ष पनि बोर्डले एसइईका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनको आधारमा तयार गर्दैछ।

विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको हो।

बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले एसइईका नतिजा साउन १५ सम्म आइसक्ने र भदौबाट विद्यार्थीको कक्षा ११ को पठनपाठन सुरु हुने जानकारी दिए। साउन १५ सम्ममा नजिता सार्वजनिक गर्न बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयहरुलाई निर्देशन गरेको छ।

परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउन निर्देशन गरेको हो।

बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ बनाएर यस्तो निर्देशन गरेको पौडेलले बताए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.