add

असार १ गतेदेखि कुनै बाहानामा तीन महिना सडक खन्न नपाइने






ActPro Nepal

|

३० जेठ, २०७८

|
1553

काठमाडौं । वर्षाको सुरुवातसँगै सरकारले कुनै पनि बाहानामा सडक खन्न नपाइने व्यवस्था गरेको छ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

सरकारले वर्षायाममा सडक खन्दा समयमै मर्मत गर्न कठिन हुने तथा बाटो थप बिग्रने भन्दै भदौ मसान्तसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने व्यवस्था गरेको हो।

बर्खामा खन्दा सडक थप बिग्रिँदै जाने भएकाले भदौ मसान्तसम्मका लागि कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने जनाइएको छ।

त्यस्तै निर्देशानलयले कसैले जवर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने समेत स्पष्ट पारेको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.