add

काठमाडौं महानगरपालिकाले खोप अभियान पुनः सुरु गर्ने






ActPro Nepal

|

३० जेठ, २०७८

|
375

काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ जेठदेखि स्थगित गरेको कोभिड-१९विरुद्धको खोप ‘भेरोसेल’को पहिलो डोज लगाउने कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ ।

महानगरले आगामी ३१ जेठ (सोमबार) र १ असार (मंगलबार) खोप सञ्चालन गर्ने भएको छ । महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले यसअघि ६० र ६१ वर्ष उमेर समूहकाले खोप लगाउने पालो नपाएको भन्दै दुई दिन खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

उनले वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, त्रिवि शिक्षण अस्पताल र निजामती कर्मचारी अस्पतालमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

यसअघि महानगरले निर्धारित तालिका भन्दा दुई दिन अगावै खोप कार्यक्रम स्थगित गरेको थियो । ६४, ६३ र ६२ बर्ष उमेरकाले त्यस अवधीमा लगाउन पाए पनि ६१ र ६० बर्ष उमेरका व्यक्ति सो अवसरबाट बञ्चित भएका थिए ।

प्रमुख कुँवरले खोप कार्यक्रम विहान १० देखि ४ बजेसम्म जारी रहने । खोप लगाउन नागरिकता वा अन्य सरकारी परिचयपत्र लिएर जान समेत बताए । महानगरमा खोप कार्यक्रम स्थगित हुनु अघिसम्म करीव २९ हजार जनाले खोप लगाएका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.