add

५३ लाख रकम हराएको समाचार लेख्दा ज्यानमार्ने धम्की






ActPro Nepal

|

३० जेठ, २०७८

|
1647

काठमाडौं ।  समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले जेठ २६  गते पालिकाखबर डटकम र दैनिकी डटकममा छापिएको समाचारलाई लिएर धम्की दिएका छन् । 

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा न. २ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण गरेका कारण उनले धम्की दिएको अनलाइन पत्रकार संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख पशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश गरेको दावी गरिएको छ  । सो रकम हराएको सन्दर्भमा गाउँपाकिाले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएको समाचारबाट पुष्टी हुने संघको भनाइ छ  

तर, आफ्नो पालिकाबाट रकम हराएपछि सो सम्बन्धी समाचार प्रकाशन प्रशारण गरेकै कारण गाउँपालिका अध्यक्ष तामाङले सचारमाध्यम र पत्रकारलाई धम्की दिएका छन् । गाँउपालिकाका अध्यक्ष तामाङले प्रेस विज्ञप्ति मार्फत ‘पालिका खबर डटकम र दैनिकी डटकम मार्फत हामी प्रति हुन पुगेको मानहानी विरुद्ध कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरुलाई चुनौति पेश गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौं’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।

अध्यक्ष तामाङको सो विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर हामीलाई लागेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.