add

प्रजातन्त्र सेनानीका छोरा बने गण्डकीका मुख्यमन्त्री






ActPro Nepal

|

२९ जेठ, २०७८

|
783

काठमाडौं । गण्डकीका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र  पोखरेल नेपाली प्रजातन्त्र सेनानी गोवर्धन पोखरेलका माइला छोरा हुन् ।

उनी २००६ साल साल मंसिर १३ गते तनहुँ (हाल व्यास नगरपालिका–११) मा जन्मेका हुन् । उनका पिता गोवर्धन पोखरेल कांग्रेस तनहुँका संस्थापक नेता हुन् । राणा शासनविरुद्ध आन्दोलनमा लागेकाले उनको परिवारको सर्वश्व हरण भएको थियो ।

पोखरेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतको नवलपरासी पूर्व १ (क) बाट निर्वाचित भएका हुन् ।

पोखरेलले विद्यार्थी राजनीति तनहुँबाटै सुरु गरेका हुन् । २०२८ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य बनेका पोखरेल ६ पटकभन्दा धेरै जेल परेका छन् । पोखरेलले २०२२ देखि २०२८ सालसम्म बुबा गोवर्द्धन शर्मासँगे भारतमा निर्वासित जीवन बिताएका थिए ।

शर्माले लामो समय शिक्षण पेशामा समेत समय व्यतित गरेका छन् । उनले काभ्रेको फलानटे, तनहुँको दमौली र तनहुँको थर्पुका हाइस्कुलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाए ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा प्रचार गरेर नेपाली कांग्रेसलाई विजयी गराएको भन्दै मन्त्रिपरिषदले जुम्ला सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालमा पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा छोडे । यसरी उनले लामो समय नेपाली राजनीतिमा खर्चेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमार्फत निर्वाचित भइ पोखरेल मुख्यमन्त्री भए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.