add

शब्द फिर्ता लिएर आत्मालोचना गर्न प्रदेशसभा सांसद वैद्यलाई कांग्रेसको निर्देशन






ActPro Nepal

|

२९ जेठ, २०७८

|
884

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गंभिर अभिव्यक्ति दिएपछि विवादित बनेका बागमती प्रदेश सभासभासद नरोत्तम वैद्यलाई तत्कल आत्म आलोचना गर्न र शब्द फिर्ता लिन कांग्रेसले निर्देशन दिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत् उनले भनेका छन् -‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोलि र ब्यवहार (भावनात्मक उत्तेजना) भनेर उन्मुक्ति हुन्न’, उनले भने, ‘शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ, तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’

यस्तै, उनले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको पनि बताएका छन्।

त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.