add

साताको शेयर बजार : ८३ अर्ब ९३ करोडको कारोबार






ActPro Nepal

|

२८ जेठ, २०७८

|
727

काठमाडौं । धितोपत्र बजारमा यस साता ८३ अर्ब बढीको कारोबार भएको छ ।

यो साता दुई सय २१ वटा कम्पनीहरुको सात लाख ५३ हजार छ सय ३९ पटकको कारोवारमा १७ करोड पाँच लाख ९० हजार छ सय ४३ कित्ता शेयर-खरिद बिक्री भएको छ ।

कुल कारोवार रकम ८३ अर्ब ९३ करोड १२ लाख ५० हजार सात सय ६७ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको भन्दा बढी हो ।

गत साता ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँको कारोबार भएको थियो ।

गत साता भने नेप्सेमा दुई सय १९ वटा कम्पनीहरुको छ लाख ९० हजार सात सय ३० पटकको कारोवारमा १५ करोड छ लाख १२ हजार सात सय ३८ कित्ता शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका अनुसार यो साता बढी रकम कारोवार गर्ने कमपनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन ।

कारोवार भएको शेयर संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी आदि अगाडि रहेका छन् ।

बजार पुँजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

शेयर सूचीकरणतर्फ भने यो साता लाईफ इन्स्योरेन्स कम्पनी, सीइडीबी हाईड्रो पावर कम्पनी, ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था आदिको बोनस तथा साधारण शेयर सूचीकृत भएका छन् ।

यो साता नेप्से २९४४.७८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय २७ दसमलव ८७ अंकमा पुगेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.