add

शेयर बजारमा नयाँ लगानीकर्ता थपिदैं, डिम्याट खाता खोल्नेको संख्या साढे ३५ लाख पुग्यो






ActPro Nepal

|

२८ जेठ, २०७८

|
1276

काठमाडौं । पछिल्लो समय साधारण सेयर (आइपिओ) भर्नेको संख्या पनि दिन–प्रतिदिन बढिरहेको छ । विशेष गरी कोभिड–१९ दोस्रो लहरका  कारण भएको लकडाउनको समयमा डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको हो ।

अधिकांशले बैंकमा रकम राखेर ब्याज खानुभन्दा सेयरमा लगानी गर्दा राम्रो फाइदा देखेपछि यसप्रति आकर्षण बढ्दा डिम्याट खाता खोल्नेको संख्यामा एकाएक वृद्धि भएको जानकारहरु बताउछन् । 

सीडीएस एण्ड क्लियरिङ लिमिटेडकाको पछिल्लो तथ्यांक अनुसार विहिबारसम्ममा हितग्राही (डिम्याट) खाताको संख्या ३५ लाख ४९ हजार २४७ जना पुगेको जनाएको छ  ।

असारसम्ममा करिब १७ लाखको संख्यामा रहेको डिम्याट खाताको संख्यामा करिब शत प्रतिशतको वृद्धि भएको छ । फागुनमा मात्रै झन्डै चार लाख डिम्याट खाता थपिएका छन् । माघमा तीन लाख १० हजार ४१६ डिम्याट खाता थपिएका थिए ।

कतिपयको दोहोरो डिम्याट खाता रहेको भएपनि डिम्याट खाता खोल्ने मध्ये ५० प्रतिशत भन्दा कमले लगानीकर्ताले आइपीओमा आवेदन गर्ने गरेका छन्।

धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि ६ लाख ६० हजार रहेको बढिले युजर र पासवर्ड लिएका छन् ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि शेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.