काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रलयले विद्यार्थीलाई सहुलियत दरमा २५ लाखसम्म ऋण र ल्यापटप वितरण र कक्षा नौसम्म रंगीन किताब छाप्नेलगायतका योजना कार्यान्वयन गर्ने भएको छ ।
सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट कार्यान्वयन गर्ने सन्दर्भमा सिंहदरबारस्थित मन्त्रालयमा आइतबार आयोजित छलफलमा मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयका सचिव र सह-सचिवलगायतलाई बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
‘बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउँदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेठ कार्यन्वयन गर्ने विषयमा अघि बढ्दै बजेटको विषयमा कुनै कसर बाकी राख्नुहुँदैन कार्यान्वयन हुनेगरी काम अघि बढाउनूस्,’ मन्त्री श्रेष्ठले निर्देशन दिए ।
उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले भने, ‘असार १ गतेबाट भर्ना प्रकृया सुरु गर्नेछौं , त्यसको निम्ति सबै कार्यक्र कार्यान्वयन गर्नुस् ।’
छलफलमा बोल्दै मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । ‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ,’ उनले भने ।
छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा.तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउँदै यसको लागि योजना निर्माण भइरहेको जानकारी गराए ।
उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपियाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपूर्ण योजना कार्यान्वयन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए ।
छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिए । सचिव थपलियाले बजेटमा उल्लेख भएअनुसार करिब १३ हजार विद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागु गरिने जानकारी दिए ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।