add

कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि निःशुल्क ‘मोबाइल एप’






ActPro Nepal

|

२५ जेठ, २०७८

|
885

काठमाडौं । ‘एसईई’ दिएर बसेका विद्यार्थीहरूलाई कक्षा ११ मा भर्ना हुनका लागि प्रवेश परीक्षाको तयारीका लागि टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले  'टुल नेपाल' नामक एप (मोबाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ ।

निःशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’ मा विद्यार्थीहरूले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए.आदि) अन्तर्गतका विभिन्न विषयहरूमा १० हजार भन्दा बढी वस्तुगत बहुवैकल्पिक प्रश्नहरु (एम.सि.क्यू.) को अभ्यास (प्राक्टिस) गरी तयारी गर्न सक्नेछन् ।

कम्पनीका सञ्चालक प्रवेग शर्माकाअनुसार प्रश्नहरूको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएको हुनाले विद्यार्थीहरूलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुनेछ । उनले भने, ‘पुराना वर्षहरूका प्रश्नहरूको संगालो, दैनिक एवम् साप्ताहिकरूपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीहरूका साथै विभिन्न कलेजहरूको विस्तृत विवरणहरूले यो ‘एप’ लाई अझ प्रभावकारी बनाएको छ ।’

कलेजहरूले चाहेको खण्डमा यसै ‘एप’ मार्फत् प्रवेश परीक्षा सञ्चालन र विभिन्न सुचनाहरू प्रकाशित गर्न समेत सक्ने सुविधा यसैमा मिलाइएकाले यो बहुउपयोगी रहेको शर्माले दाबी गरे ।

विद्यमान कोरोना कहरकाबीच विद्यार्थीहरूले यो ‘एप’ का माध्यमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षित रूपले घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गरेर आफूले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वास गर्न सकिन्छ । यो ‘मोबाइल एप’ हाल ‘एन्ड्रोइड’ र ‘वेव भर्जन’ मा उपलव्ध रहेको र छिट्टै ‘आइओएस’ मा पनि उपलब्ध हुने शर्माले जानकारी दिए ।  


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.