add

प्रहरी र स्थानीयबीच रौतहटको गरुडामा झडप, ७ प्रहरी घाइते






ActPro Nepal

|

२४ जेठ, २०७८

|
1323

रौतहट  । रौतहटको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरी बिच झडप हुदा डिएसपि सहित ७ जना प्रहरी घाइते भएका छन । 

रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानियले ३ ओटा विवाहमा भिडभाडका साथ डिजे सहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अबस्थामा प्रहरीहरुले सम्झाइ बुझाइ सो कार्य स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गरि गर्न गराउन निर्देशन दिइ प्रहरी फर्किने क्रममा एक्कासी स्थानियले प्रहरी माथी ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि शिद्धिविक्रम साहले बताए । 

झडपमा परि इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि द्धारिका घिमिरे सहित ७ जना प्रहरी घाइते भएका छन ।

घाइते डिएसपि सहित प्रहरीहरुको स्थानिय गरुडा स्थित ग्राण्डि सिटी अस्पतालमा उपचार भइरहेको एसपि साहले बताए। गए राती अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा कोरोना जोखिम बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत बैशाष २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.