add

अब सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको पेन्सन अब सोझै ब्यक्तिको खातामा जम्मा हुने






ActPro Nepal

|

२४ जेठ, २०७८

|
954

काठमाडौं । सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन सीधै उनीहरुको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।

सरकारले विद्युतीय कोष हस्तान्तरणबाटै सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने प्रणाली आइतबार देखि लागु गरेको हो । 

सेवा निवृत्त राष्ट्रसेवकहरूको मासिक पेन्सन विद्युतीय माध्यमबाट सोझै व्यक्तिको खातामा जम्मा हुने प्रणाली (इएफटी) सुरू गरिएको महालेखा नियन्त्रकको कार्यालयका महालेखा नियन्त्रक मधु मरासिनीले बताए । 

उनका अनुसार तत्काल करिब २ लाख ७६ हजार सेवानिवृत्त कर्मचारीले लाभ प्राप्त गर्ने र डिजिटल गभर्नेनसमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसले निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले छिटो छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने र डिजिटल नेपाल फ्रेमवर्कलाई लागु गर्न सघाउने पनि मरासिनीले बताए ।   

निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने सो रकम समयभित्रै सम्बन्धित निवृत्तभरण प्राप्त गर्ने व्यक्तिको खातामा नै सरकारी कोषभबाट व्यक्तिको खातामा भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने  महालेखा नियन्त्रकको कार्यालयको विश्वास रहेको छ । 


 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.