add

शिक्षामन्त्री श्रेष्ठको निर्देशन : वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्नु






ActPro Nepal

|

२४ जेठ, २०७८

|
1501

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई निर्देशन दिएका छन् ।

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयन गर्न कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने बताउदै मन्त्री श्रेष्ठले साउन १ गतेदेखि बजेट कार्यान्वयन गर्ने विषयमा अघि बढ्न निर्देशन दिए ।

‘बजेटको विषयमा कुनै कसर बाँकी राख्नु हुँदैन, कार्यान्वयनमा हुनेगरी काम अघि बढाउनुस्’, मन्त्री श्रेष्ठले भने । उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्न आग्रह गरे । उनले भने, ‘असार १ गतेबाट भर्ना प्रक्रिया शुरु गर्नेछौं, त्यसको निम्ति सबै कार्यक्रम कार्यान्वयन गर्नुस् ।’

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । उनले मन्त्रालयले साउन १ गतेबाट बजेट कार्यन्वयनमा लैजान सबै प्रकृया अघि बढाइएको जानकारी गराए । उनले भने, ‘बजेट तत्काल कार्यान्वयन गर्नुपर्छ ।’

छलफल कार्यक्रममा बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले राष्ट्रपति शैक्षिक सुधार कार्याक्रम कार्यान्वयन गर्न तत्काल कार्यविधि निर्माण गर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुननिर्माण हुने बताउर्दै त्यसको लागि योजना निर्माण भैरहेको जानकारी गराए ।

उनका अनुसार विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाख रुपैयाँसम्म ऋण दिने, कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका महत्वपुर्ण योजना कार्यन्वयउन गर्न मन्त्रालयले योजना तयारी गरिरहेको बताए ।

छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले बजेटमा उल्लेख भएका सबै तोकिएकै समयमा कार्यान्वयन गर्न निर्देशन दिए । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले केही दिनपछि बोर्डको बैठक बसेर एसईई परीक्षाको मिति तय गरिने बताए । उनले भने, ‘गत वर्षकै आधारमा एसईईको परीक्षाफल प्रकाशित गर्नेछौ ।’

सचिव थपलियाले बजेटमा उल्लेख भए अनुसार करिब १३ हजार ििवद्यालयमा स्काउट निर्माण गर्ने, विद्यार्थीलाई खेलकुद गतिविधिमा अघि बढाउने विषलाई लागू गरिने जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई को्रोना विरुद्धको खोप उपलब्ध गराउन स्वाथ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.