add

अपि पावर कम्पनीको हकप्रद आजदेखि निष्कासन तथा बिक्री खुल्ला






ActPro Nepal

|

२० जेठ, २०७८

|
1201

काठमाडौं। अपि पावर कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

पहिलो चरणमा ४७ प्रतिशत हकप्रद बिक्री गरेर दोस्रो चरणमा हकप्रद बिक्री गर्न लागेको कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गरेको हो।

कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि बैशाख २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम यस कम्पनीका शेयरधनीहरुले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदमा लगानीकर्ताले मेरोशेयर सफ्टवेयर, नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका तथा तिनका शाखा कार्यालहरुका शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल कमलादी, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । हकप्रदमा आवेदन दिने अन्तिम म्याद असार ९ गतेसम्म रहेको छ ।

 हाल १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशनपछि २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.