add

विदेशबाट आउनेका लागि तोकियो ७८ होटल क्वरेण्टीन(सूचीसहित)






ActPro Nepal

|

२० जेठ, २०७८

|
1089

काठमाडौं । सरकारले विदेशबाट फर्कने यात्रुका लागि नयाँ मापदण्डसहित ७८ वटा होटललाई क्वरेन्टीन होटल तोकेको छ ।  

सरकारले दुई देश (टर्की र कतार)का लागि नियमित उडान खुलाएसँगै विदेशबाट फर्किने यात्रुका लागि नयाँ मापदण्डसहितको ७८ वटा होटललाई क्वारेन्टिनको रुपमा तोकेको छ ।

पर्यटन विभागले ७ वटा पाँचतारे, चार तारे ३ वटा, तीन तारे ७ वटा, २ वटा रिसोर्टसहित नयाँ होटल क्वारेन्टिनको सूची सार्वजनिक गरेको हो । क्वारेन्टिन तोकिएका होटलमा कम्तिमा २० कोठा अनिर्वाय हुनुपर्ने छ ।

क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउन्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैँचा हुनुपर्ने अनिवार्य व्यवस्था सरकारले गरेको छ ।

होटलको कोठामा टिभी, वाईफाईको सुविधा पनि अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्थाका साथै होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्ने नयाँ मापदण्डमा उल्लेख गरिएको छ ।

त्यस्तै, होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमूना सङ्कलनका लागि समेत पर्याप्त स्थान आवश्यक हुनुपर्ने व्यवस्था नयाँ मापदण्डमा समावेश गरिएको छ ।

सरकारले खाडी मुलुक देश मलेसियाबाट रोजगारी गरी फर्किएकालार्य पाँच दिन र अन्य देशबाट फर्कनेलाई १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियम राखेको छ ।

हेर्नुहोस् होटलको सूची




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.